LOGO
Home About me
Lor19h

  पशुपतिनाथ / शिव आरती (नेपाली)

ॐ जय शिव शंकर शम्भु

जय गिरिजाधिस शिव जय गिरिजाधिस

(जय जय करुणा सागर) पशुपति जगदीस

ॐ हर हर हर महादेव-१

गिरी कैलाश निवास छ

गण छन सहचारी शिव गण छन सहचारी

(मुंडमाला छ गलामा)रूप छ भयहारी

ॐ हर हर हर महादेव-२

डमरू त्रिशुल सुसोभित

प्रभुका दुई करमा शिव प्रभुका दुई करमा

(भुसण नाग विराजीत)बाघाम्बर अंगमा

ॐ हर हर हर महादेव-३

तिन नयनमा थरी थरी

ज्योति छ दिव्य सदा शिव ज्योति छ दिव्य सदा

(वाहन वृष भवनोहर)संगमा छन गिरिजा

ॐ हर हर हर महादेव-४

भस्म विलेपन सुन्दर

शीरमा चन्द्रकला शिव शीरमा चन्द्रकला

(कल कल बगछिन हरदम)गंगा पुण्य जला

ॐ हर हर हर महादेव-५

ब्रम्हा विष्णु महेश्वर

प्रभुका रूप सबै शिव प्रभुका रूप सबै

(श्रृष्टि स्थिति लय सब हुन)शुभ लिला प्रभु कै

ॐ हर हर हर महादेव-६

वेद पुराण जति छन

प्रभुको वर्णनमा शिव प्रभुको वर्णनमा

(कण कण ब्यापक प्रभुको)महिमा त्रिभुवनमा

ॐ हर हर हर महादेव-७

शुर नर मुनि सब प्रभुकै

निसदिन ध्यान गरी शिव निसदिन ध्यान गरी

(परमानन्द मगन भई)जान्छन पार तरी

ॐ हर हर हर महादेव-८

सचिदान्नंद परात्पर

सजन हितकारी शिव सजन हितकारी

(जय जय शाम्भ सदा शिव)जय जय त्रिपुरारी

ॐ हर हर हर महादेव-९

                                                                                  By सरोज पोखरेल


Foot Print:8168
Copy Right © 2013-2018
www.lordshiba.mobie.in ™


Old school Swatch Watches